२०८१ बैशाख २२ शनिबार

शृंखलाबद्ध चोरी गरेको आरोपमा भद्रपुरका विश्वकर्मा राजगढमा पक्राउ

शृंखलाबद्ध चोरीमा संलग्न भएको आरोपमा भद्रपुर नगरपालिका-७ का एक युवक गएराति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर ७ का २६ वर्षीय मुकेश विश्वकर्मा रहेका छन् ।

राति १२ बजेतिर बाह्रदशी-२ जनता चौकमा चोरी गर्दागर्दै उनी पक्राउ परेका हुन् । केशलाल राजवंशीको घरमा डेरा गरी बस्ने उमाशंकर गिरीको घरमा मोबाइल चोरी गरिरहेको अवस्थामा विश्वकर्मा पक्राउ परेको इलाका प्रहरी कार्यालय राजगढका सई राजेन्द्र शर्माले बताए । उनको साथबाट चोरी गरेको दुई थान मोबाइल र ९ थान गरगहना फेला परेको सई शर्माले जानकारी दिए ।

गएराति नै बाह्रदशी २ का गोविन्द अधिकारीको घर फोरेर चोरी गर्ने प्रयास भएको थियो । केही दिनअघि बाह्रदशी २ रिमाल चोकबाट ६ थान मोबाइल र १ थान सुपर स्प्लेन्डर मोटरसाइकल चोरी भएको थियो । ती सामान पनि आफूले नै चोरी गरेको कुरा विश्वकर्माले स्वीकारेको बाह्रदशी गाउँपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी निरौला अधिकारीले बताइन् ।

२०८० चैत्र २३, शुक्रबार प्रकाशित 1 Minute 87 Views

ताजा समाचार