२०८१ बैशाख २२ शनिबार

चिठी लेखेर मेचीनगरका प्रनिक बेपत्ता, खोजिदिन अभिभावकको आग्रह

मेचीनगर । झापा मेचीनगर-१४ निवासी १४ वर्षीय बालक प्रनिक (कुमार) शिवाकोटी हराएपछि खोजिदिन अभिभावकद्वय बुवाआमा गोपाल-सीता शिवाकोटीले आग्रह गरेका छन् ।

हिजो चैत २२ गते प्रनिक (कुमार) ले `मलाई नखोजिदिनु, म छोरा हुन लायक भइन, म हराए भनेर नरुनु´ भनी चिठी छोडेर बेपत्ता भएकाले अभिभावकले खोजिदिन आग्रह गरेका हुन् ।

उनले चिठ्ठी लेखेर घरको किचन कोठामा पाएपछि हजुरबुवा टङ्कप्रसाद शिवाकोटीले प्रहरी चौकी चारआली खोजिदिन निवेदन गरेका थिए । प्रनिक संस्कृतका विद्यार्थी हुन् । भारतको करसङमा कक्षा ४ सम्म अङ्ग्रेजी माध्यमसम्म पढेपछि संस्कृत विद्याप्रति रुचि भएकै कारण   अभिभावकले ४ वर्षयता नेपालको संस्कृत विद्यालयबाट पठनपाठन गराउँदै आएका थिए ।

आमा सीता हाटबजारमा सब्जी पसल गरेर गुजारा चलाउने आधारमा बनाउँदै छिन् भने र बुवा गोपाल छोराको शिक्षासहित पालनपोषणका लागि स्थानीय मख्खन चामल मिलमा मजदुरबाट  अर्थको जोह गर्दै आएका छन् ।

परिवारको एकलो छोरा भएकै कारण  आगामी शैक्षिक सत्रदेखि घरबाटै विद्यालय पठाउने योजना बनाएका थिए यी दम्पतीले । तर, अचानक छोरोले चिठ्ठी लेखेर बेपत्ता भएपछि दम्पतीको योजना नै सङ्कटमा पर्‍यो । प्रणीत हराएको बारेमा आफन्त-छिमेकी र उसका साथीभाइ सबैलाई सोधपुछ गरिसकेको तर, हालसम्म फेला नपरेको बुवा कुमारको भनाई छ ।

२०८० चैत्र २३, शुक्रबार प्रकाशित 1 Minute 118 Views

ताजा समाचार