२०८१ बैशाख २५ मंगलवार

सहिद सुरेश थापा क्षेत्री स्मृति फुटबलको उपाधि बाहुनडाँगीलाई

बाहुनडाँगी । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा सम्पन्न दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको उपाधि बाहुनडाँगी युवा क्लबले चुमेको छ ।

बिहीबार सम्पन्न फाइनल खेलमा काँकरभिट्टा फुटबल टे«निङ सेन्टरलाई १ का विरुद्ध २ गोल गर्दै बाहुनडाँगी च्याम्पियन बनेको हो ।

बिजेता टिम बाहुनडाँगी फुटबल क्लबले नगद एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता काँकरभिट्टा फुटबल टेनिङ सेन्टरले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

बाहुनडाँगीको दुवै गोल इञ्जुरी समयमा भएको थियो । बाहुनडाँगीका लागि पहिलो हाफको इञ्जुरी समयमा विशाल राईले गोल गर्दै अग्रता दिलाए । विशाल दर्जीले गरेको प्रहारलाई काँकरभिट्टाका गोलरक्षक देवान भुजेलले पन्च गरेर बचाउँदा रिबाउन्ड भएको बललाई विशाल राईले जाली चुमाएका थिए । ६१ औँ मिनेटमा

काँकरभिट्टाका आशिष चापागाईले फ्रिकिकमार्फत गोल गरेर टिमलाई बराबरी बनाएका थिए । बाहुनडाँगीका खेलाडीको हेन्डबल भएपछि काँकरभिट्टाले फ्रिकिकको अवसर पाएको थियो । बाहुनडाँगीका लागि दोश्रो हाफको इञ्जुरी समयमा रिक्की प्रधानले गोल गरेर टिमलाई जित दिलाए ।

२०८० चैत्र २२, बिहीबार प्रकाशित 0 Minutes 100 Views

ताजा समाचार