२०८१ बैशाख २१ शुक्रबार

१ हजारले बढेको सुन तोलाको १ लाख ३४ हजारमा कारोबार

काठमाडौं : नेपाली बजारमा सुनको भाउमा रेकर्ड कायम गरेको छ। विगत केही महिनादेखि नै सुन र चाँदीको भाउ निरन्तर उकालो यात्रामा रहेको छ।

अमेरिकी डलरको मूल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको हो।

बुधबार १ लाख ३३ हजार रुपैयाँ पुगेर ऐतिहासिक बिन्दुमा कारोबार भएको छापावाला सुन आज एक हजार रुपैयाँले बढेको छ।

बुधबार सुनको भाउ प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको थियो। बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदी प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २९८ दशमलव ०२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ दशमलव ०७ डलरमा कारोबार भइरहेको छ।

२०८० चैत्र २२, बिहीबार प्रकाशित 0 Minutes 55 Views

ताजा समाचार