झापामा बलेसीमा लडेर एक वृद्धाको मृत्यु भएको छ । कमल गाउँपालिका- २ का ७८ वर्षीया कमलादेवी अधिकारीको बलेसीमा लडेर मृत्यु भएको हो । घरमा एक्लै बस्दै आएकी अधिकारीलाई बुधबार बिहान साढे ५ बजेतिर बलेसीमा लडेको अवस्थामा मृत देखेपछि आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए । उनी प्रेसरको बिरामी भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



