२०८१ बैशाख २४ सोमबार

बिर्तामोडमा नाबालिका बलात्कारको आरोपमा कलाकार एक्तेन पक्राउ

नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ परेका छन् । गत चैत १४ बुधवार राति ८ बजे बिर्तामोडको कोहिनूर होटलमा नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाम माई नगरपालिका- ६ बस्ने ४० वर्षीय गोपाल एक्तेन भनिने मेघराज लिम्बू पक्राउ परेका हुन् । उनलाई सोही राति बिर्तामोड- ५ स्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो ।

पीडितले उजुरी दिएपछि सोही राति नै पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएका एक्तेनको बारेमा अनुसन्धान भइरहेको स्रोतको भनाई छ । ठेक्कापट्टा गर्दै आएका एक्तेन नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ का सचिव हुन् ।

२०८० चैत्र २१, बुधबार प्रकाशित 1 Minute 115 Views

ताजा समाचार