२०८१ बैशाख २४ सोमबार

झापाको गौरादहमा तीनवटा सहकारीमा तोडफोड र चोरी

दमक, चैत २१ गते । झापाको गौरादहमा एकै रात तीनवटा सहकारीमा तोडफोड र चोरी भएको छ । सहकारी दिवसको रात दुईवटा सहकारीमा चोरी भएको हो । गौरादह वडा नं. ५  स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानीझोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवा केन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरि नगद चोरी भएको जनाइएको छ ।

स्कुलचौनको जनहित सहकारीबाट सात लाख रुपियाँ सेफमा रहेको र सबै चोरी भएको अध्यक्ष योगेश आचार्यले बताउनुभयो । आचार्यका अनुसार सेफ राखिएको हिसाब हेर्ने काम भएपछि सबै थाहा हुनेछ । यसैगरी, चप्रामारीको महारानीझोडा सेवा केन्द्रबाट ८५ हजार र साना किसान सहकारीबबाट ५४ हजार चोरी भएको बताइएको छ ।

चोरी र तोडफोड भएपछि नगर प्रमुख छत्रपति सुवेदीसहितको टोलीले उक्त सहकारीहरुमा पुगेर चोर पत्ता लगाउन र यस्तो गतिविधि रोक्नका लागि स्थानीय प्रशासनसँग माग गर्ने बताउनुभएको छ । बारम्बार चोरीका घटनाहरु भइरहेकाले यस विषयमा प्रशासनको ध्यान जान जरुरी छ, उहाँले भन्नुभयो ।

एकैरातमा तीनवटा सहकारी संस्थाहरुमा चोरी भएपछि स्थानीयहरुले सुरक्षा बढाउन माग राखेका छन् । यसभन्दा गत चैत ५ गते राति गौरादह– ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पनि चोरी भएको थियो । गोरखापत्र अनलाइन

२०८० चैत्र २१, बुधबार प्रकाशित 0 Minutes 89 Views

ताजा समाचार