
आमाशय अन्ननली र पक्वाशयको बिचमा अवस्थित पाचन प्रणालीको एक महत्त्वपूर्ण अङ्ग हो । यसका तीन भागहरू- माथिल्लो, बिचको र तल्लो हुन्छन । आमाशयका चार परतहरू हुन्छन् । आमाशयको जुनसुकै भागमा भएको क्यान्सरलाई आमाशयको क्यान्सर अथवा ग्याष्ट्रिक क्यान्सर भनिन्छ।
नेपाली पुरुषहरूमा दोस्रो सबैभन्दा बढी पाइने क्यान्सर आमाशयको क्यान्सर हो । विश्वकै तथ्याङ्कलाई हेर्ने हो भने अन्य महादेशको तुलनामा एशियामा बढी आमाशयको क्यान्सर भएको पाइन्छ । यदि क्यान्सर आमाशयभन्दा बाहिर फैलियो भने प्रायः नजिकैको लिम्फ ग्रन्थीहरूमा सर्ने गर्दछ । यसबाहेक नजिकैका अन्य प्रमुख अङ्गहरू जस्तै पैनक्रियाज, कलेजो, ठूलो आन्द्रा तथा अन्य ठूलो रक्तनलीहरूमा पनि फैलिन सक्दछ । यसको साथै अन्तको भागहरू, जस्तैः फोक्सो र अन्य भागहरूमा सर्न सक्दछ ।

२. खाना अरूचि भएर दुब्लाउदै जानु, रक्त अल्पता हुनु, थाक्नु अथवा रिंगटा लाग्नु आदि।
३. क्यान्सरले गर्दा उत्पन्न अवरोधात्मक लक्षणहरू : आमाशयको माथिल्ला भागमा ट्युमर भयो भने, खाना निल्न गाह्रो हुन्छ भने, तल्लो भागमा ट्र्युमर छ भने, त्यसले पेट टम्म भरेको, डकार आउने तथा बान्ता हुने हुँन सक्छ।
४. पेटमा डल्लो फेला पर्नु : कहिलेकाहिँ ग्यास्ट्रिक क्यान्सर बिरामी पेटको माथिल्लो भागमा डल्लो फेला परेपछि मात्र चिकित्सककहाँ जानुपर्छ।
५. क्यान्सर अन्त फैलिसकेपछिका लक्षणहरू : लगभग १० प्रतिशत बिरामीहरूमा भने आमाशयको क्यान्सर अन्त सरिसकेपछि देखापर्ने मुख्य लक्षणहरू जस्तैः घटीमा लिम्फ ग्रन्थी सुन्निएर आउनु, घाटमा पानी जम्मा हुनु, पहेलो रोग लाग्नु कलेजो बढ्नु अथवा पेटको तल्लो भागमा डल्लो फेला पर्नु आदि।
६. क्यान्सर फैलिसकेको अवस्थामा छिटो छिटो दुब्लाउँदै जानु, खाना अरूचि हुनु र बान्ता हुनु आदि लक्षणहरू देखा पर्न सक्छन् ।
(क्यान्सर के, किन कसरी पुस्तकबाट)