२०८१ बैशाख १८ मंगलवार

पूर्वी नाका काँकरभिट्टाबाट ब्राउन सुगर र नगदसहित एक युवती पक्राउ

काँकरभिट्टा । काँकरभिट्टास्थित मेची पुलबाट ब्राउन सुगर र नगदसहित एक युवती पक्राउ परेका छन् ।

मेचीनगर-६ स्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटी सफारीमा चढेर आउँदै गरेकी सुनसरी जिल्ला रामधुनी नगरपालिका -७ की २४ वर्षीया कन्चन परियारलाई  ब्राउन सुगर र नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागु औषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँच गर्दा परियारको साथबाट १ लाख ३९ हजार नगद, ७ सय मिलिग्राम ब्राउन सुगर, सादा मोबाइल सेट र नागरिकताको प्रतिलिपि फेला पारेको थियो । उनलाई आवश्यक कारबाहीको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जनाइएको छ ।

२०८० चैत्र २०, मंगलवार प्रकाशित 1 Minute 279 Views

ताजा समाचार