२०८१ बैशाख २४ सोमबार

झापामा ट्याक्टर चोरी, भारत लैजाँदै गर्दा एकजना पक्राउ

झापा । झापाको गौरिगञ्जमा ट्याक्टर चोरी भएको छ । ट्याक्टर चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गौरिगञ्ज गाउँपालिका-१ मा आइतबार बिहान स्थानीय होम थपलियाले आफ्नै घर अगाडी पार्किङ गरी राखेको मे १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो ।

चोरी भएको ट्याक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जीवारिको टोलीले दिउँसो साढे ११ बजे गौरादह नगरपालिका- ९ का ३५ वर्षीय सुनिल टुडुले भारततर्फ लादै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको थियो । ट्याक्टर चोरी गर्ने टुडुलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

२०८० चैत्र १९, सोमबार प्रकाशित 1 Minute 121 Views

ताजा समाचार