झापा । वैदेशिक रोजगारीका लागि मलेसिया गएका झापा कचनकवल गाउँपालिका- ६ बनियानीका ४१ वर्षीय लखन राजवंशीले झुन्डिएर आत्महत्या गरेका छन् ।
मलेसियाको जोहोर राज्यमा पर्ने गेलाङ पटाह ,जोहोरबारु भन्ने ठाउँमा अवस्थित पीटीपी (Port of Tanjung Pelepas ) कम्पनीमा कार्यरत राजवंशीले शनिवार कोठामै झुन्डिएर आत्महत्या गरेको उनीसँगै काम गर्ने एक नेपाली कामदारले आफन्तलाई जानकारी दिएका छन् ।
परिवारका अनुसार आत्महत्या गरेका राजवंशी मलेसिया रोजगारीमा गएको झन्डै ७ वर्ष भएको थियो। उनका श्रीमती र १० वर्षीय छोरा रहेका छन्।घरपरिवारमा निरन्तर सम्पर्कमै रहेका राजवंशीले फेसबुक स्ट्याटसमा अलबिदा लेखेर आत्महत्या गरेको जनाइएको छ । उनको शव नेपाल ल्याउन पहल भइरहेको परिवारले जनाएको छ ।