२०८३ जेष्ठ २८ बिहीबार

मेची नदीमा एक पुरुष मृत भेटिए

भद्रपुर । नेपाल-भारत भएर बग्ने मेची नदीमा एक जना मृत फेला परेको छ । भद्रपुर नगरपालिका-३ स्थित बैसाबारीमा अन्दाजी ४० वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बैसाबारीको मेची नदीमा निर्माण गरिएको अस्थायी बासको पुल मुनि आइतबार दिउँसो करिब १ बजेको समयमा शव फेला परेको हो । शवको सनाखत भएको छैन । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । बैसाबारीका स्थानीयले मृत फेला परेको व्यक्ति भारतीय नागरिक भएको आशङ्का गरेको छ ।

२०८० चैत्र १८, आईतवार प्रकाशित 1 Minute 337 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।