२०८३ जेष्ठ २८ बिहीबार

झापाको बिरिङ पुलमा मोटरसाइकल दुर्घटना, एक बालकको मृत्यु

झापा । पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको बिरिङ पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । कनकाई नगरपालिका-८ बिरिङ पुल शनिबार दिउँसो साढे ४ बजे लक्ष्मीपुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश-१-०१-०१२ प ५७७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक मेचीनगर- ९ का ३८ वर्षीय गोपाल महत, मोटरसाइकलमा पछाडि सवार कमल गाउँपालिका- ३ की २७ वर्षीया पूर्णिमा भण्डारी, उनका छोराहरू ८ वर्षीय प्रशान्त भण्डारी र ८ महिनाको प्रशान भण्डारी घाइते भएका थिए ।

घाइते प्रशान्तको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

२०८० चैत्र १८, आईतवार प्रकाशित 1 Minute 328 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।