२०८१ बैशाख ३ सोमबार

हर्क साम्पाङको अभियानमा सहभागी हुने गृहमन्त्री लामिछानेको प्रतिवद्धता

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभियानमा गृहमन्त्री रवि लामिछाने पनि सहभागी हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आइतबार मन्त्रालयमा भएको भेटमा प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्री लामिछानेले प्रतिवद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

प्रमुख साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका थिए ।

साम्पाङले कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख गुनासो गरेका थिए । बाह्रखरी

२०८० चैत्र १८, आईतवार प्रकाशित 0 Minutes 76 Views

ताजा समाचार