२०८२ असार १७ मंगलवार

दुर्गा प्रसाईंले भने– राज्यले १३ वर्षदेखि तड्पाइ राखेको थियो, सर्वोच्चले न्याय दियो

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिलेको प्रतिक्रिया दिएका छन् ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईले राज्यले १३ वर्षदेखि बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिएर तड्पाइरहेकोमा अहिले आएर सर्वोच्चले न्याय दिएको बताए ।

‘हामी सबैको पहलमा सर्वोच्च अदालतबाट १३ वर्षपछि अन्याय परेको हामीलाई न्याय मिलेको छ ।  एलओआई दिएर पनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो’, उनले भने, ‘न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ।  न्यायपालिकालाई धन्यवाद दिन चाहन्छु ।’ केही दिनअघि सर्वोच्च अदालतले प्रसाईंको रिटको पक्षमा आदेश सुनाएसँगै बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन लिन बाटो खुलेको थियो । रातोपाटी

२०८० चैत्र १८, आईतवार प्रकाशित 0 Minutes 196 Views

ताजा समाचार