२०८१ बैशाख २२ शनिबार

झापामा दुईवटा मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते

झापाको कमल गाउँपालिका- ५ सितापुरीस्थित पूर्वपश्चिम राजमार्गमा हिजो साँझ दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।

साँझ अन्दाजी ७.३० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प १२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६४०३ नम्बरको अर्को मोटरसाइकले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा प्रदेश १–०१–०१६ प १२८३ नम्बरको मोटरसाइकल चालक झापा गाउँपालिका-३ बस्ने वर्ष अन्दाजी २४ का सरित सेख, सोही मोटरसाइकल पछाडि झापा गाउँपालिका- ४ बस्ने वर्ष अन्दाजी २० का मोहम्मद रसिद र झापा गाउँपालिका- ४ बस्ने वर्ष अन्दाजी १८ का मनारुल हक घाइते भएका छन् ।

त्यस्तै प्रदेश १–०१–०१४ प ६४०३ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका- २ बस्ने वर्ष अन्दाजी २५ का काशी अधिकारी र सोही मोटरसाइकल पछाडि सवार कमल गाउँपालिका- ४ बस्ने वर्ष अन्दाजी ३० का डिल्लीराम डाँगी घाइते भएका छन् । घाइते पाँचै जनाको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०८० चैत्र १८, आईतवार प्रकाशित 1 Minute 90 Views

ताजा समाचार