२०८३ जेष्ठ २८ बिहीबार

झुम्का कारागारभित्र कैदीको मृत्यु

धरान : सुनसरीको झुम्का कारागारमा एक कैदीको शंकास्पद मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका खोटाङको साकेला गाउँपालिकाका ४२ वर्षीय न्यायधिश राईको कारागारमा मृत्यु भएको हो।

शनिबार बिहान ३ बजे कारागारभित्र राईको मृत्यु भएको हो। पत्नी हत्याको आरोपमा कर्तव्य मुद्दामा कैद भुक्तान गरिरहेका उनी इटहरी उपमहानगरपालिका-४ मा डेरा गरी बस्दै आएका थिए। राईका आफन्तहरूले कारागारभित्रै कुटेर हत्या गरेको आरोप लगाएका छन्।

मृतक राईका दाई सुभाषले कारागारमा भाइको हत्या भएको आरोप लगाए। उनले छानबिन गरी दोषी उपर कारबाहीको माग गरेका छन्। सुभाषले भाइको शरीरभरी निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले उनको हत्या गरिएको आरोप लगाए।

झुम्का कारागारका प्रमुख धुब्रराज कोइरालाले जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दाबी गरे। श्वासप्रश्वासमा समस्या रहेकोले राईलाई उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा उपचारका लागि भर्ना गरेको र सोही क्रममा मृत्यु भएको उनको भनाइ छ।

जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पंगेनीले राईको अस्पताल आउनुअघि नै मृत्यु भइसकेको जानकारी दिइन्। पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शवको पोस्टमार्टम गर्न नदिने र शव नबुझ्ने अडान लिएको छ।

शव इनरुवा अस्पतालमा राखिएको छ। घटनाबारे छानबिन सुरु गरेको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले जानकारी दिए। अन्नपुर्ण पोष्ट

२०८० चैत्र १७, शनिबार प्रकाशित 1 Minute 263 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।