२०८१ बैशाख २२ शनिबार

शौचालयमा लडेर झापामा एक जनाको मृत्यु

झापाको शिवसताक्षीमा शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजे शौचालय गएका शिवसताक्षी- ८ का ५७ वर्षीय सूर्यप्रकाश प्रसाईँ शौचालयभित्र लडेका थिए । घाइते प्रसाईँलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल बिर्तामोडमा भर्ना गरिएकोमा उपचारका क्रममा दिउँसो १।२५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

२०८० चैत्र १७, शनिबार प्रकाशित 1 Minute 309 Views

ताजा समाचार