२०८१ बैशाख १७ सोमबार

चेप्टी घुम्न गएका झापाका ढकालको माई खोलामा डुबेर मृत्यु

इलामको माई नगरपालिका–२ चेप्टीस्थित माई खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका–४ लालपानीका २१ वर्षीय मुकेश ढकाल रहेको लोदिया प्रहरी चौकी दानावारिका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक कैलाशकुमार केसीले जानकारी दिए ।

झापाबाट तीन वटा मोटरसाइकलमा हिप्पी ड्रिम्स चेप्टी घुम्न गएका ढकालसहित उनका सानिमा, मामा र फुपूका छोराहरू चेप्टीनजिकै रहेको माई खोलामा पौडी खेल्न गएका थिए। साथीहरूसँग छुटेर पौडी खेल्न गएका ढकाललाई अपराह्न १२ बजे माई खोलाको दहमा मृत अवस्थामा फेला पारिएको थियो। ढकाल भारतमा पढ्दै आएका थिए ।

उनी केही दिनअघि झापा घर आएका थिए। मृतक ढकालका बुवा भारत र आमा दुबईमा रोजगारीमा रहेका छन् । ढकालको शवलाई प्रहरी र स्थानीयवासीको सहयोगमा दहबाट निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ।

२०८० चैत्र १६, शुक्रबार प्रकाशित 0 Minutes 196 Views

ताजा समाचार