२०८१ बैशाख १६ आईतवार

बोन म्यारो क्यान्सर पीडित डेढ वर्षीय बालकलाई सहयोगको अपिल

मेचीनगर । मेचीनगर-६ निवासी दिपेन बरालका २२ महिनाको छोरा सिदार्थ बाबू बरालको बोन म्यारो क्यान्सरको प्रत्यारोपणको उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ ।

शुक्रबार इटाभट्टास्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा सिदार्थका बुबा दिपेन बराल र सिदार्थ बाबू उपचार सहयोग समितिले पत्रकार सम्मेलन मार्फत उपचार सहयोगका लागि सार्वजनिक रूपमा अपिल गरेको हो ।

सिद्वार्थको हाल भारतको भेलोर स्थित सीएमसीमा बोन म्यारो क्यान्सरको उपचार भइरहेको उनका बाबू दिपेनले बताए । उनले अहिलेसम्म उपचारमा १६ लाख खर्च भइसकेको बताए ।

अस्पतालका चिकित्सकका अनुसार १५ दिनभित्र ४२ लाख भारतीय रूपैयाँ जम्मा गरे मात्र प्रारम्भिक उपचार गर्न सकिने बताएको उनको भनाई छ ।

सिदार्थको ६ महिनाको उपचार गर्न करिव नेपाली १ करोड रूपैयाँ खर्च लाग्ने उनले बताए । बिर्तामोडमा रहेको १३ धुर जग्गा विक्रीमा छबरालले भने- झजग्गा विक्री नभएको कारण थप समस्यामा छु । तत्काल बाबुको उपचार गर्न पैसा नभएकोले सबैसँग सहयोगको अपेक्षा गरेको छु ।

स्थानीय समाजसेवी सागर शिवाकोटीको संयोजकत्वमा सिदार्थ बाबू उपचार सहयोग समिति बनाएर अभियान सुरू गरिएको छ ।

समितिमा मेचीनगरका समाजसेवी युवाहरू राजु कार्की, हरि तिम्सिना, रूपसागर अधिकारी लगायत रहेका छन् । आजै सिदार्थ बरालको उपचारका लागि स्थानीय समाजसेवी धर्मराज घिमिरेले समितिलाई पुग्ने गरि प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललाई ५१ सय प्रदान गरेका छन् ।

२०८० चैत्र १६, शुक्रबार प्रकाशित 1 Minute 434 Views

ताजा समाचार