२०८३ जेष्ठ २१ बिहीबार

सुनको मूल्य १ लाख ३० हजार !

काठमाडौं, चैत १६ । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । बिहीबार पनि सुनको मूल्य बढेर नयाँ इतिहास कायम हुँदै छापावाला सुनको मूल्य १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

आज विहिबारको उक्त रेकर्ड ब्रेक गर्दै प्रतितोला २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

२०८० चैत्र १६, शुक्रबार प्रकाशित 0 Minutes 296 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।