भद्रपुर । मेची बहुमुखी क्याम्पस भद्रपुरको प्रमुखमा तीन जनाको नाम सिफारिस गरिएको छ। क्याम्पस व्यवस्थापन समितिको बैठकले आगामी चार वर्षीय कार्यकालका लागि क्याम्पस प्रमुखमा साबिक क्याम्पस प्रमुख जीवन पोखरेल, शारदानन्द झा र झगप्रसाद बरालको नाम सिफारिस गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको सञ्चालक समितिले छनोट गरेको सर्च कमिटीले सिफारिस गरेको नामलाई सञ्चालक समितिले अनुमोदन गर्दै त्रिविमा पठाउने निर्णय गरेको हो। सिफारिस गरिएका नामलाई नै त्रिवि उपकुलपतिले क्याम्पस प्रमुखमा नियुक्ति गर्ने प्रचलन छ। सामान्यतः एक नम्बरमा परेको नामलाई नै नियुक्त गर्ने गरिएको छ। क्याम्पसका साबिक क्याम्पस प्रमुख जीवन पोखरेलको पदावधि यही चैत २४ गते सकिदैछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



