२०८१ बैशाख १५ शनिबार

मेची क्याम्पस प्रमुखमा तीन जनाको नाम सिफारिस

भद्रपुर । मेची बहुमुखी क्याम्पस भद्रपुरको प्रमुखमा तीन जनाको नाम सिफारिस गरिएको छ। क्याम्पस व्यवस्थापन समितिको बैठकले आगामी चार वर्षीय कार्यकालका लागि क्याम्पस प्रमुखमा साबिक क्याम्पस प्रमुख जीवन पोखरेल, शारदानन्द झा र झगप्रसाद बरालको नाम सिफारिस गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको सञ्चालक समितिले छनोट गरेको सर्च कमिटीले सिफारिस गरेको नामलाई सञ्चालक समितिले अनुमोदन गर्दै त्रिविमा पठाउने निर्णय गरेको हो। सिफारिस गरिएका नामलाई नै त्रिवि उपकुलपतिले क्याम्पस प्रमुखमा नियुक्ति गर्ने प्रचलन  छ। सामान्यतः एक नम्बरमा परेको नामलाई नै नियुक्त गर्ने गरिएको छ। क्याम्पसका साबिक क्याम्पस प्रमुख जीवन पोखरेलको पदावधि यही चैत २४ गते सकिदैछ ।

२०८० चैत्र १६, शुक्रबार प्रकाशित 0 Minutes 112 Views

ताजा समाचार