२०८१ बैशाख १५ शनिबार

इलाम-२ मा मिलन लिम्बू बने रास्वपाको उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार केन्द्रीय कार्यालय च:मतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

रास्वपा महामन्त्री डा. मुकुल ढकालले सर्वसहमतिमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए।

‘उम्मेदवारका ५ जना आकांक्षीले उहाँ (मिलन लिम्बू) लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभयो,’ उनले भने, ‘मिलन लिम्बू रास्वपाबाट उम्मेदवार बन्नु भएको छ।’

वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

लिम्बू यसअघि पत्रकार थिए। उनी नेकपा (माओवादी केन्द्र) निकट थिए। तर माओवादीसँगको आबद्धता त्याग्दै लिम्बूले इलाम २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि रास्वपाले संवाद अघि बढाएको थियो।

लिम्बूसँग रास्वपा सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री ढकाल लगायतले पटक-पटक छलफल गरेका थिए। लिम्बू रास्वपाबाट उम्मेदवार बन्न तयार भएपछि उनको नाम उम्मेदवारको प्रारम्भिक सूचीमा राखिएको थियो।

434240541_914955370425921_2295077192058008712_n-1711628135.jpg

सेतोपाटी

२०८० चैत्र १५, बिहीबार प्रकाशित 1 Minute 127 Views

ताजा समाचार