१५ चैत, काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाराको देवताल गाउँपालिका–६ घर भइ कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्र यादव र बाराको आदर्शकोतवाल गाउँपालिका–३ घर भइ बारागढी गाउँपालिका–१ मा रहेको जनता मावि बुधगाईका नक्कली गार्डको रुपमा खटिएका विनोदप्रसाद यादव छन् ।

विनोदले नक्कली गार्ड बनेर चिट चोराएको प्रहरीको आरोप छ । पक्राउ परेका शिक्षकले भने मोबाइलमार्फत चिट चोराउन भूमिका खेलेको आरोप छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



