२०८१ बैशाख १५ शनिबार

झापामा तीन कैदीवन्दी र एकजना दृष्टिविहीन एसईईमा सहभागी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाका तीन कैदीवन्दी पनि सहभागी भएका छन् । झापा कारागारमा कैद सजाय भोगिरहेका दुई कैदी र पक्राउ परी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएका एक जना थुनुवाले एसईई परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । त्यस्तै एक जना दृष्टिविहीन विद्यार्थी पनि एसईई परीक्षामा सहभागी भएका छन् ।

झापामा यस वर्ष १५ हजार ८२२ जना विद्यार्थी परीक्षामा सामेल भएका छन् । नियमिततर्फ साधारणमा १४ हजार ९५७ र प्राविधिक धारमा ५५० जना र ग्रेडबृद्धितर्फ ३१५ जना सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । झापामा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको छ । ८ हजार १४५ जना छात्रा र ७ हजार ६७७ जना छात्र रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राजकुमार विकले बताए । झापामा ५७ वटा परीक्षा केन्द्र रहेका छन् ।

२०८० चैत्र १५, बिहीबार प्रकाशित 0 Minutes 64 Views

ताजा समाचार