२०८१ बैशाख १५ शनिबार

झापामा हात्तीको आक्रमणले श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

झापा । झापामा जङ्गली हात्तीले एक दम्पतीमाथि आक्रमण गरेको छ । हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ श्रीमान् घाइते भएका छन् ।

शिवसताक्षी नगरपालिका- ११ दुधेस्थित रतुवामाई वृक्षारोपण आयोजनामा बुधबार साँझ साढे ५ बजेको समयमा दाउरा लिन गएका शिवसताक्षी- ११ का ६० वर्षीया पवित्रा भेटवालको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

त्यस्तै उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित  बिर्तासिटि अस्पताल पठाइएको प्रहरी निरीक्षक गिरीले बताए ।

दुई वटाको सङ्ख्यामा आएका हात्तीले भेटवाल दम्पतीलाई आक्रमण गरेका थिए । घटनामा कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको छ ।

२०८० चैत्र १४, बुधबार प्रकाशित 1 Minute 166 Views

ताजा समाचार