२०८१ बैशाख १५ शनिबार

एकीकृत समाजवादीबाट इलाममा जीतबहादुर र बझाङमा दिलबहादुर उम्मेदवार

काठमाडौं । उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले उम्मेदवार टुङ्गो लगाएको छ । 

एकीकृत समाजवादीले इलामा-२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा १ मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको समाजवादीका शीर्ष नेताले बताए । 

राई ०७४ को स्थानीय तह निर्वाचनमा माइजोगमाइ गाउँपालिका अध्यक्ष भएका व्यक्ति हुन् । 

बैशाख १५ गते हुने उपनिर्वाचनका लागि सत्ता गठबन्धन र गठबन्धन बाहिरका दलले भटाभट उम्मेदवारको नाम  टुङ्ग्याइरहेका छन् ।

२०८० चैत्र १४, बुधबार प्रकाशित 1 Minute 101 Views

ताजा समाचार