२०८३ जेष्ठ २८ बिहीबार

झापाको बुद्धशान्तिमा ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा ।  झापाको बुद्धशान्तिमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बेलुका विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका- १ का ३४ वर्षीय श्यामसुन्दर ठाकुर र ३२ वर्षीय अजय तिवारीलाई शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूको साथबाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

२०८० चैत्र १४, बुधबार प्रकाशित 1 Minute 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।