२०८१ चैत्र २ शनिबार

झापामा होलीकै दिन कनकाई नहरमा डुबेर एक बालकको मृत्यु

झापा । झापामा होलीको दिन नहरमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- ११ स्थित सृष्टि टोल बस्ने रमेश प्रधानका १४ वर्षीय छोरा  रविन प्रधान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोमबार दिउँसो साढे २ बजेको समयमा रविन कनकाई सिँचाइ आयोजनाको नहरमा नुहाउने गएका थिए । सोही क्रममा उनको डुबेर मृत्यु भएको स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

२०८० चैत्र १३, मंगलवार प्रकाशित 1 Minute 157 Views

ताजा समाचार