२०८३ जेष्ठ २८ बिहीबार

उदयपुरमा छाउरी खोलामा टाउको र शरीर छुट्टिएको शव फेला

उदयपुर । उदयपुरको कटारी नगरपालिका ५ छाउरी खोला नजिक एक पुरुषको शव फेला परेको छ ।

भुल्के स्थित छाउरी खोला छेउमा नाम, थर, वतन नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव खोला किनाराको घारीमा टाउको एका तिर अर्को तर्फ शरीरको तल्लो भाग भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डिएसपी) सुवास राईले बताए ।

स्थानीयले बेवारिसे अवस्थामा शव देखेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा प्रहरीले घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमको लागि कटारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

२०८० चैत्र ११, आईतवार प्रकाशित 0 Minutes 304 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।