२०८३ जेष्ठ २१ बिहीबार

इलाम २ मा एमालेले सुहाङलाई उम्मेदवार बनाउने

सत्तारुढ दल एमालेले इलाम निर्वाचन क्षेत्र नम्बर- २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ।
यस्तै, एमालेले बझाङ- १ को प्रदेश सभा निर्वाचन क्षेत्र (१) मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। रिक्त प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा एमालेले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सुहाङ स्वर्गीय सुवास नेम्वाङका छोरा हुन्।

इलाम- २ बाट निर्वाचित सुवास नेम्वाङको गत २६ भदौमा निधन भएकाले सो निर्वाचन क्षेत्र रिक्त छ। त्यसैले उपनिर्वाचन हुन लागेको हो।

एमालेले लगातार जितेको सो क्षेत्रमा एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। जिल्ला र प्रदेशबाट सुहाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस भएको थियो।

२०८० चैत्र ११, आईतवार प्रकाशित 1 Minute 296 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।