२०८३ जेष्ठ २८ बिहीबार

ओखलढुंगामा करेन्ट लागेर महिलाको मृत्यु, घर जलेर नष्ट

ओखलढुङ्गा, चैत ११ । विद्युत सर्ट भएर करेन्ट लाग्दा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-३ को बोगडीछापमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५७ वर्षीया सिजनकुमारी थापा रहेकी छिन् ।

आज विहान ५:३० बजेको समयमा विद्युत सर्ट भएर घर समेत आगलागी हुँदा उनलाई करेन्ट लागेको थियो । बेहोस अवस्थामा घरबाट स्थानीयले बाहिर निकाल्ने बित्तिकै उनको मृत्यु भएको थियो ।

सोही घटनामा उनका श्रीमान खड्गबहादुर थापाको स्वामित्वमा रहेको २ तले खरको छाना भएको घर समेत पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घर जल्दा तीन लाख रुपैयाँ बरारबरको क्षति भएको प्रहरीको प्रारम्भिक भनाई छ ।

२०८० चैत्र ११, आईतवार प्रकाशित 1 Minute 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।