२०८१ जेष्ठ ५ शनिबार

होलीमा रङ कसरी खेल्ने, कति समय खेल्ने ?

काठमाडौं । रङहरूको पर्व होलीको महत्वबारे फरक–फरक ब्याख्या गरेको पाइन्छ । पछिल्ला वर्षमा होलीमा चलनचल्तीका रङमात्र नभइ छालामा विभिन्न मिश्रणयुक्त सामग्रीहरू पनि लगाउने गरेको देखिन्छ ।

होली पर्वको किम्बदन्ती र यसलाई मनाउने तरिका फरक भए पनि यसमा प्रयोग हुने रङहरू मित्रता, सद्भाव र उल्लाससँग जोडिएका छन् । होलीमा प्रयोग गर्ने रङको शारीरिक र मानसिक स्वास्थ्यसँग कसरी जोडिएको छ ?

प्रकृति विज्ञान भन्छ– होलीमा प्रयोग हुने रङहरूले सूर्यका सात रङहरूलाई प्रतिनिधित्व गर्छन् । रातो रङले व्यक्तिमा शाहसिक र शुद्धताका निम्ति उर्जा प्रदान गर्छ । हरियो रङले प्रकृतिप्रतिको सम्मान झल्काउँछ । पहेँलोले आत्मियताका निम्ति उर्जा, निलोले धैर्यता र शान्तिका निम्ति उर्जा दिन्छ । तर, रङहरूको प्रभाव कति सफा र प्राकृतिक रूपमा गर्ने भन्नेमा निर्भर रहन्छ ।

वरिष्ठ छालारोग विशेषज्ञ डा. सविना भट्टराई भन्छिन् “होलीमा रङ खेल्दा प्राकृतिक स्रोतबाट बनेका रङहरूको प्रयोग गर्नुपर्छ । यसरी बनेका रङहरू केही महंगो पर्छ । तर छालालाई असर गर्दैन ।”

अध्यात्म विज्ञानले रङको प्रयोगलाई मानसिक स्वास्थ्यसँग जोडेर व्याख्या गरेको छ । अमेरिकाको ‘स्प्रिचुअल साइन्स रिसर्च फाउन्डेसन’ नामक संस्थाले गरेको एक अध्ययनको रिपोर्टमा रङको प्रयोग र यसले व्यक्तिमा पार्ने प्रभावबारे उल्लेख छ ।

जसअनुसार गुलाबी, निलो, आकासे, पहेँलो रङलाई मानसिक स्वास्थ्यका हिसाबले फाइदाजनक भनिएको छ । यी रङले व्यक्तिमा सकारात्मक उर्जा र सहयोगी भाव उत्पन्न गर्ने रिपोर्टमा उल्लेख छ ।

२०८० चैत्र ११, आईतवार प्रकाशित 0 Minutes 80 Views

ताजा समाचार