झापा । सीमावर्ती भारतीय बजार पानीट्याङ्कीमा शनिबार बिहान आगलागी भएको छ । आगलागीबाट पानीट्याङ्की नयाँ बजारको लस्करै रहेको ११ वटा पसल जलेर पूर्ण रुपमा क्षति भएको छ ।
स्थानीयले आगो लागेको देखेपछि तत्काल प्रहरी र दमकललाई खबर गरेका थिए । आगो नियन्त्रणका लागि मेचीनगर नगरपालिकाको वारुणयन्त्रसहित नक्सलबारी, माटिगाढा र सिलगुढीबाट आएको वारुणयन्त्रले तीन घण्टा लगाएर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको भारतीय प्रहरीले जनाएको छ ।

आगलागीबाट किराना, कस्मेटिक, लत्ताकपडा लगायतका पसलहरूसहित होटेलहरू जलेको बताइएको छ । आगो विद्युतीय चुहावट भएर लागेको प्रहरीको अनुमान छ । काँकरभिट्टा नाकासँग जोडिएको सो बजारमा नेपालीहरूको भिड लाग्ने गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



