
झापाको दमकमा पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका– २ का ६५ वर्षीय कमल धिमाल रहेका छन् । शुक्रबार बिहान १०:४० बजे सोही स्थानमा रहेको पैनीमा भैँसीलाई पानी खुवाउने क्रममा अचानक लडेपछि डुबेका धिमाल सिकिस्त भएका थिए । उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएको र उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाइएको छ ।

२०८० चैत्र १०, शनिबार प्रकाशित
0 Minutes
176 Views