२०८१ बैशाख ३ सोमबार

झापाको अर्जुनधारामा सुपारी चोर्ने दुईजना बगानबाटै समातिए

अर्जुनधारामा सुपारी चोर्ने दुईजना पक्राउ परेका छन् । हिजो साँझ ५ बजेको समयमा अर्जुनधारा- ५ फूलबारी टोलमा टिकादेवी गिरीको सुपारी बगानबाट काँचो सुपारी झारी बोरामा हालेर लैजान लागेको अवस्थामा अर्जुनधारा- ७ बस्ने सुनिल राई र सोही नगरपालिका -८ बस्ने आलो भन्ने सुरज मण्डललाई सुपारी बगानबाटै पक्राउ गरिएको हो । ५ वटा प्लास्टिकको बोरामा भरेर उनीहरूले काँचो सुपारी लैजान लागेका थिए ।

अन्दाजी १० हजार ९८० रुपैयाँ बराबरको १८३ किलोग्राम सुपारीसहित उनीहरूलाई प्रहरी चौकी शनिश्चरेको टोलीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

२०८० चैत्र ९, शुक्रबार प्रकाशित 1 Minute 106 Views

ताजा समाचार