
कनकाई । कनकाई नगरपालिका- ९ मा एक पुरुषको पैदल यात्राको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय दुर्गा मुर्मु रहेका छन् । उनी पश्चिमबाट पूर्वतर्फ पैदल यात्रा गर्ने क्रममा बाटोमा लडेपछि उनको मृत्यु भएको हो ।
मृत्यु भएका व्यक्तिको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लागिएको छ । उनको छारे रोगको कारणले मृत्यु भएको अनुमान गरिएको छ ।

२०७९ माघ ६, शुक्रबार प्रकाशित
1 Minute
196 Views