२०८१ बैशाख १५ शनिबार

विश्वको सबैभन्दा खुसी देश फिनल्यान्ड, नेपाल ९३औँ स्थानमा (सूचीसहित)

काठमाडौं । फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश बनेको छ । संयुक्त राष्ट्र संघीय एजेन्सीले सार्वजनिक गरेको ‘वर्ल्ड ह्याप्पिनेस इन्डेक्स’का अनुसार खुसी देश बनेको हो ।

सूचकांक पहिलो नम्बरमा रहेको फिनल्यान्ड लगातार सातौँ वर्ष विश्वको सबैभन्दा खुसी राष्ट्र बनेको हो । बुधबार सार्वजनिक प्रतिवेदनका अनुसार अफगानिस्तान सबैभन्दा कम खुसी देशका रूपमा १४३औँ स्थानमा छ ।

नेपाल सूचांकको ९३औँ स्थानमा छ । चीन ६०औँ स्थानमा र भारत १२६औँ स्थानमा छ । नेपालभन्दा बढी खुसी इराक ९२औँ स्थानमा र कम खुसी लाओस ९४औँ स्थानमा छ । अमेरिका २३औँ स्थानमा छ । यस्तै, रूस ७२ र युक्रेन १०५औँ  स्थानमा छ ।

फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड, स्विडेन, इजरायल, नेदरल्यान्ड्स, नर्वे, लक्जमवर्ग, स्विट्जरल्यान्ड र अष्ट्रेलिया क्रमशः सबैभन्दा खुसी एकदेखि १०औँ स्थानमा छन् ।

यस्तो छ देशको सूची 

२०८० चैत्र ७, बुधबार प्रकाशित 0 Minutes 116 Views

ताजा समाचार