पहिलो, धेरैले सोखका लागि लामो समयदेखि नवीकरण गर्दै हतियार राख्ने गरेका छन् । उनीहरुले बाबु–बाजेको पालादेखि नै हतियार राखेर मृत्युपछि परिवारका अन्य सदस्यले नामसारी गर्दै आएको विवरण रहेको मन्त्रालयका एक अधिकृत बताउँछन् ।
दोस्रो, शिकारमा रुचि भएका व्यक्तिहरुले हतियारको लाइसेन्स लिएका छन् । ढोरपाटन शिकार आरक्ष शिकार प्रयोजनका लागि खुला गरिएपछि उनीहरुले निजीरुपमा हतियार राख्न इजाजत लिएका थिए ।
तेस्रो, व्यवसायी र विभिन्न आवरणमा गुण्डागर्दीमा संलग्न व्यक्तिले लाइसेन्स प्राप्त हतियार लिएका छन् । उनीहरुले त्यस्ता हतियारको चरम दुरुपयोग गर्ने गरेको जानकारहरु बताउँछन् ।
‘प्रसाईंजीको हकमा सुरक्षा चुनौती पनि होला तर जथाभावी लिएर हिँड्नु त भएन’, एक अधिकृत भन्छन्, ‘चुनौती हुँदा प्रशासनलाई खबर गरेर राज्यको सुरक्षा माग गर्ने ठाउँ नभएको होइन ।’अनलाइन खबरबाट