२०८१ जेष्ठ ६ आईतवार

झापाको शुभलक्ष्मी सहकारीबाट १२ लाख ८७ हजार चोरी

झापाको गौरादह नगरपालिका- ९ बैगुन्धुरास्थित शुभलक्ष्मी सहकारी संस्था लिमिटेडको सेवा केन्द्र कार्यालयमा चोरी भएको छ ।

अज्ञात समूहद्वारा चैत ५ गते राती सेवा केन्द्र कार्यालय भवनको पूर्वपट्टिको उत्तर तर्फको झ्याल तोडफोड गरी १२ लाख ८७ हजार ६ सय २३ रुपैयाँ चोरी भएको व्यवस्थापक तिलक कार्कीले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । चोरले कार्यालयभित्र प्रवेश गरी सेफ तोडफोड गरी नगद लगेको जनाइएको छ ।  नगद सहित ३ वटा सिसी क्यामेरा, क्यामेराको डिभी आर समेत चोरी भएको संस्थाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०८० चैत्र ७, बुधबार प्रकाशित 1 Minute 137 Views

ताजा समाचार