२०८१ बैशाख ३ सोमबार

बिर्तामोडमा पल्सर मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ परेका छन् ।  बिर्तामोड नगरपालिका- ४ स्थित मुनाल टोलमा मोटरसाइकल चोर्दाचोर्दै बिर्तामोड- ५ का २७ वर्षीय दिपु भन्ने शिवु धिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोमबार दिउँसो ३ बजे स्थानीय २५ वर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आइरहेको १५० सिसीको कालो निलो रङ्ग भएको मे ८ प १७७० नम्बरको पल्सर मोटरसाइकल घर अगाडि पार्किङ गरी राखेको अवस्थामा धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गर्न खोजेका थिए । धिमालले मोटरसाइकल चोर्न लाग्दा स्थानीयले देखेर तत्काल पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनिलाई जिम्मा लगाएका छन् ।

पक्राउ परेका धिमाललाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय अनारमनिमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा झापाका विभिन्न स्थानबाट बजाज कम्पनीको पल्सर मोटरसाइकलहरू चोरी हुन थालेको छ । मोटरसाइकल चोरीका घटना बढेसँगै झापा प्रहरी अन्य घटना छाडेर गहिरोको खोजीमा लागि परेको जनाइएको छ । टाइम्स अफ प्रदेश

२०८० चैत्र ६, मंगलवार प्रकाशित 1 Minute 86 Views

ताजा समाचार