२०८१ बैशाख २५ मंगलवार

विराटनगरको होटेलमा बैङ्कका कर्मचारी मृत भेटिए

विराटनगरस्थित एक होटेलमा सिटिजन्स बैङ्कमा कार्यरत कर्मचारी मृत फेला परेका छन् । सोमबारदेखि बेपत्ता भएका सिटिजन्स बैङ्कका कर्मचारी क्षितिज घिमिरे विराटनगर ९ कलेज रोडस्थित होटेल रोयल किचेनमा मृत फेला परेका हुन् । घिमिरेको शव होटेलको कोठा नम्बर १०९ मा मंगलबार बिहान भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । क्षितिज सम्पर्कविहीन भएको भन्दै आफन्तहरूले सोमबार प्रहरीलाई खोजतलास गरिदिन निवेदन दिएका थिए ।

२०८० चैत्र ६, मंगलवार प्रकाशित 0 Minutes 156 Views

ताजा समाचार