२०८३ जेष्ठ २८ बिहीबार

विराटनगरको होटेलमा बैङ्कका कर्मचारी मृत भेटिए

विराटनगरस्थित एक होटेलमा सिटिजन्स बैङ्कमा कार्यरत कर्मचारी मृत फेला परेका छन् । सोमबारदेखि बेपत्ता भएका सिटिजन्स बैङ्कका कर्मचारी क्षितिज घिमिरे विराटनगर ९ कलेज रोडस्थित होटेल रोयल किचेनमा मृत फेला परेका हुन् । घिमिरेको शव होटेलको कोठा नम्बर १०९ मा मंगलबार बिहान भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । क्षितिज सम्पर्कविहीन भएको भन्दै आफन्तहरूले सोमबार प्रहरीलाई खोजतलास गरिदिन निवेदन दिएका थिए ।

२०८० चैत्र ६, मंगलवार प्रकाशित 0 Minutes 354 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।