२०८१ बैशाख २५ मंगलवार

अर्जुनधारामा हात्ती आतंक, रिमालको घरमा क्षति

अर्जुनधारा । जंगली हात्तीले झापाको अर्जुनधारामा धनमालमा क्षति पुर्‍याएको छ । आज बिहान ४ बजेको समयमा आएको एउटा हात्तीले अर्जुनधारा-१ मदनपुर र वडा नम्बर ९ शालीन चोकमा क्षति पुर्‍याएको हो । हात्तीले अर्जुनधारा १ मदनपुर बस्ने रमेश रिमालको दुई तले पक्की घरमा रहेको पसलका खाद्यान्न सामग्रीहरू खाएर २५ हजार बराबरको क्षति गरेको छ ।

त्यस्तै सोही ठाउँका मनबहादुर दाहालले एक कट्ठामा लगाएको मकै बाली खाइ क्षति पुर्‍याएको छ भने मिरा ढकालको चार कट्ठामा लगाएको मकै बालीमध्ये १ कट्ठाको मकै बालीमा नोक्सानी गरेको छ । त्यस्तै वडा नम्बर ९ शालीन चोक बस्ने इन्दिरा कुँवरको टिनले छाएको इँटा सिमेन्टले बनेको घरको पश्चिमपट्टिको कोठाको झ्यालसहित चौखट र पर्खाल भत्काई सो कोठामा रहेको अन्दाजी २०० केजी धान र अन्दाजी १०० केजी।तोरी नष्ट गर्दा १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०८० चैत्र ६, मंगलवार प्रकाशित 1 Minute 106 Views

ताजा समाचार