२०८१ बैशाख २५ मंगलवार

‘सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्न निर्मम ढंगले अघि बढ्छु’ : कोशी प्रहरी प्रमुख खापुङ

काँकरभिट्टा । कोशी प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुँवर खापुङले सिमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा राजनीति दल र सम्बद्ध संगठन लागी परे नियन्त्रण हुने बताए् ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा प्रहरी प्रधान कार्यालयले प्रहरी कल्याण कोषमार्फत दुई जना अंगभङ्ग भएका प्रहरीलाई चार चक्के स्कुटर वितरणपछि बोल्दै प्रहरी नायब महानिरीक्षक खापुङले उक्त कुरा बताएका हुन् ।

विभिन्न समयमा घाइते भएका शिवसताक्षीका प्रहरी टेकबहादुर सामसुहाङ र मोरङका शिवनारायण महतोलाई भन्सार छुटमा ल्याएको १ लाख ६० हजार मुल्य पर्ने चार चक्के स्कुटरको चाबी र ब्लु-बुक हस्तान्तरण गरेका थिए ।

सिमा क्षेत्रका समस्या मध्ये लागुऔषध दुर्व्यसनी र ओसारपसार देशैभरीको समस्या भएकाले त्यसको नियन्त्रणका लागि सामाजिक संघ संस्था लागि परे जसरी नै राजनीति दल र त्यसका भ्रातृ संगठन लागे नियन्त्रण सम्भव हुने उनको भनाइ थियो ।

९० प्रतिशत मानिस लागुऔषध ओसारपोसार र अपराधिक घटनाबाट कस्टडिमा रहेका छन्, कोशी प्रहरी प्रमुख खापुङले भने, यो बिषयमा प्रहरीले संगठन अत्यन्तै चिन्तित भएको छ । न्यूनीकरण र नियन्त्रणका लागि राजनीति दल र सम्बद्ध संगठन पनि लाग्नैपर्छ । अनि मात्रै नियन्त्रण हुन्छ । सचेतना र नियन्त्रणका फरकफरक उपाय अपनाएपनि प्रहरी संगठन एक्लैले समस्या सामाधान नहुने उनको भनाई थियो । त्यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरीले आफ्नो श्रोतसाधन, क्षमता र जनशक्ति अनुसार सचेतना र कार्वाही गर्दै आएको उनको भनाई थियो ।

सीमा क्षेत्रमा हुने आपराधिक घटनाका बिषयमा स्थानीय विभिन्न संघसंस्था र पत्रकारसँगको अन्तरकृयामा उठेका सवालमा उनले दुर्व्यसनबिरुद्धको अभियानमा राजनीति दल सम्बद्ध संगठन तरुण दल, युवा संघ, क्रान्तिकारी युवा संघका कार्यकर्ता सक्रिय हुन आग्रह गरेका थिए । मानिसलाई सुधार्न प्रहरीले पक्राउ गरी कार्वाही गर्ने र त्यस्ता मान्छेलाई छुटाउन राजनीति दल लाग्ने गलत संस्कार भएको उनको भनाई थियो ।

भ्रातृ संगठनका कार्यकर्ताले नै दुर्वयसनी र ओसारपसार गर्नेलाई सुदारका लागि लाग्ने लाग्ने र नसुद्रिए प्रहरीलाई खबर गरेर सहयोग गर्ने आग्रहसमेत गरेका थिए ।

उनले अवैध चोरी-पैठारी गतिविधिलाई निरुत्साहित गर्न स्थानीय समुदायसँग छ्लफल र समन्वय गरेर त्यस्ता नागरिकलाई करको दायरामा ल्याउने उपाय अपनाउन मातहतका निकायलाई निर्देशन दिएका थिए ।

अन्तरकृयामा बिराटनगर महानगरका प्रहरी उपरीक्षक दिपक पोखेरेल, झापाका प्रहरी उपरीक्षक मिलन केसी, माइती नेपाल काँकरभिट्टाका प्रमुख गोबिन्द घिमिरे, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललगायतको सहभागीता रहेको थियो ।

मानव बेचबिखन, चोरी पैठारीका घटना न्यूनीकरण लागि स्थानीय समुदायसँग समन्वय र सहकार्य गरेर अघि बड्ने बताएका थिए । उनले प्रहरीलाई सबै क्षेत्रबाट रचनात्मक आलोचना र सहयोग गर्नसमेत आग्रह गरेका थिए ।

२०८० चैत्र ५, सोमबार प्रकाशित 1 Minute 139 Views

ताजा समाचार