२०८१ बैशाख २६ बुधबार

दुर्गा प्रसाईंले दायर गरेको रिटमा आज पनि सुनुवाइ जारी

काठमाडौं,५ चैत । मेडिकल कलेज खोल्न आशयपत्र दिएर पनि सम्बन्धन नदिएको दाबीसहित व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको रिटको सुनुवाई आज पनि जारी छ ।

गत फागुन २७ गते सर्वोच्च अदालतका न्यायाधीशहरु कुमार रेग्मी र विनोद शर्माको इजलासले रिट निवेदनको विषयवस्तुको गम्भीरता र संवेदनशीलता हेर्दा छिटो टुंग्याउनुपर्ने प्रकृतिको देखिएको भन्दै अग्राधिकार दिने आदेश दिएको थियो ।

सोही आदेशबमोजिक उक्त मुद्दाको पेशी आइतबारलाई तोकिएको थियो । पेशी सर्वोच्चका न्यायाधीशद्धय कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासमा परेको थियो । आइतबार हेर्दाहेर्दैमा रहेको उक्त मुद्दा आज पनि सोही इजलासमा सुनुवाइ भईरहेको छ ।

झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्द प्रसाईले २१ असार, २०७७ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।

२०८० चैत्र ५, सोमबार प्रकाशित 0 Minutes 84 Views

ताजा समाचार