काठमाडौँ । नेपालको पहिलो केबलकार मनकामना केबलकारको सेवा एक दिन बन्द हुने भएको छ । यही चैत ७ गते बुधवार केबलकारको सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा बन्द हुने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेसनमा रहेको रेस्टुरेन्ट भने नियमित सञ्चालनमा रहने जनाइएको छ । रातोपाटीबाट

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



