२०८१ बैशाख २५ मंगलवार

झापाको बुद्धशान्तिमा ब्राउन सुगरसहित दुईजना पक्राउ

झापाको बुद्धशान्तिमा ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बुद्धशान्ति-३ बस्ने २९ वर्षीय भीमबहादुर मगर र बुद्धशान्ति-२ बस्ने २४ वर्षीय रोशन उपरकोटी रहेका छन् ।

शनिवार साँझ ७ः३० बजेको समयमा मेचीनगर –१३ स्थित चारआली–इलाम रोडमा लागू औषधको कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी,लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबारे तर्फबाट आउँदै गरेको मे ३ प १०२४ न।को मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गरेको थियो ।

त्यस क्रममा मोटरसाइकल चालक बुद्धशान्ति ३ बस्ने मगरको साथबाट ५ ग्राम २० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । सोही स्थानमा उनीसँगै लागू औषध कारोबार गर्न खोज्ने बुद्धशान्ति २ बस्ने उपरकोटीलाई पनि नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

२०८० चैत्र ४, आईतवार प्रकाशित 1 Minute 97 Views

ताजा समाचार