राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरूवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको छ।
आइतबार रास्वापाका चार मन्त्री र उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री डा.मुकुल ढकाल र सासंद शिशिर खनालको बैठक बस्ने गरेको छ।

आज बिहान बसेको यही बैठकले सरूवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो।
त्यस्तै मन्त्रालयहरूलाई सहयोग गर्न विज्ञ र अनुभवीहरूको सघाउ समूह बनाउने निर्णय गरिएको महामन्त्री ढकालले जानकारी दिए।
राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको उनले बताए।
‘यस्ता नियुक्ति ‘जान्नेलाई छान्ने’ पार्टीको अवधारणाअनुसार समावेशीतालाई मध्यनजर गरी मेरिटोक्रेसीलाई प्रधान मानि अघि बढाइने निर्णय गरिएको छ,’ उनले भने।
आज बसेको दोस्रो बैठकले मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव र कमजोरीलाई पनि समीक्षा गरिएको उनले बताए।
मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागि संशोधन गर्नुपर्ने नियम एवं साझा न्यूनतम कार्यक्रमका बारेमा छलफल गरिएको पनि उनले बताए।
रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्। उपसभापति डोलप्रसाद अर्याल (डिपी) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सांसद सुमना श्रेष्ठ शिक्षा तथा विज्ञान प्रविधि मन्त्री छिन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



