२०८१ बैशाख २२ शनिबार

सिन्धुलीको सुनकोशीमा टेलिकम टावरमा वम विस्फोट

सिन्धुली । अज्ञात समूहले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ को दुम्जाडाँडाको बीपी पार्कमा टेलिकम टावरलाई लक्षित गरप् शुक्रबार बिहान कुकर वम विस्फोट गराएका छन् ।

विस्फोटबाट बीपी पार्कभित्र रहेको टेलिकम टावरको भवनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । विस्फोटको आवाज आएको जानकारी प्राप्त हुनासाथ कुशेश्वर दुम्जा चौकीबाट प्रहरी पुगेका थिए ।

सिन्धुली प्रहरीका प्रवक्ता एवं डीएसपी चिरञ्जीवी दाहालका अनुसार टेलिकम टावरको भवनको झ्यालमा कुकर वम विस्फोट भएको थियो । कुकरको बिर्को र पेट्रोलको गन्ध आउने दुई वटा बोतल प्रहरीले बरामद गरेको छ । विस्फोट भएको स्थानमा जनमुक्ति सेना नामको पर्चासमेत भेटिएको र विस्फोटमा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । इकान्तिपुरबाट

२०८० चैत्र २, शुक्रबार प्रकाशित 0 Minutes 67 Views

ताजा समाचार