२०८१ बैशाख २२ शनिबार

भिरबाट बोलेरो खस्दा आठको मृत्यु, नौ घाइते

उदयपुरको बेलका नगरपालिका– ७ मैनामैनी चुहारको भिरबाट बोलेरो खस्दा आठजनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार को.१ज २५९३ नम्बरको जिप बिहीबार बिहान ११ बजेतिर दुर्घटनामा पर्दा घटनास्थलमै सात र उपचारका क्रममा एकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका– १६ का ४२ वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका– २ का ७० वर्षीया पर्वतमाया राई, सोही स्थानका २३ वर्षीय चन्द्रप्रकाश राई, प्रकाश राईका ६ महिने छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका– ९ का ६८ वर्षीय पदमबहादुर थापा, हतुवागढी गाउँपालिका– ५ की ३० वर्षीया रामकुमारी राई, ४२ वर्षीय किसान राई र सुनसरी इटहरीका ४५ वर्षीय कमल अधिकारी छन् । किसानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

१७ यात्रु बोकेर धरानदेखि भोजपुरतर्फ जाँदै गरेका बोलेरो सडकबाट दुई सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाले घटनास्थलमै सात र उपचारका क्रममा एकको मृत्यु भएको बताए । घाइते नौजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

दुर्घटनामा परी कुवेतमा तीन नेपालीले गुमाए ज्यान
कुवेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा मंगलबार भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीनजनाको नेपाली श्रमिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा काठमाडौं सानो भर्‍याङका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धरज गुर्मछान मगर रहेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा तीनजना नेपाली श्रमिकको ज्यान जाने गरी भएको सवारी दुर्घटना विषयमा जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी उनले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन् । मन्त्री अर्यालले मृतक श्रमिकको शव नेपाल फर्काउन कुवेतस्थित नेपाली दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन दिएका छन् । नयाँ पत्रिकाबा

२०८० चैत्र २, शुक्रबार प्रकाशित 0 Minutes 80 Views

ताजा समाचार